देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड
२०८१ जेठ १३ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।
संसदको गतिरोध हटाउने लगायतका विषयमा सहमति जुटाउन प्रधानमन्त्री देउवा भेट्न उनकै निवास गएका हुन् ।
सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै कांग्रेसले संसद अवरोध गर्दै आएको छ ।
यता, प्रमुख दलहरूबीच सहकारीको बचत अपचलन, हिनामिना, ठगी, दुरूपयोग छानबिन गर्न संसदीय समिति गठन गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ । तर कार्यादेशमा कुरा मिल्न सकेको छैन । यसैविषपमा थप छलफल गर्न प्रचण्ड देउवा निवासमा पुगेका हुन् ।
२०८१ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित








