अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज रहेको बताएकी छन् ।

शनिवार ललितपुरमा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ– नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा उहाँले न्यायालय र न्याय क्षेत्रमा अहिले धेरै सुविधा भएको बताइन् । उनले न्याय क्षेत्रमा वकालत गर्न लाग्दा बाँसको कलमले लेख्ने र सबै सार्नुपर्ने अवस्था रहेको र त्यो बेलामा पनि शारदा श्रेष्ठसहितका न्यायाधीशहरुले महिलाहरूको हक हितका लागि काम गरेको बताइन् ।

उनले भनिन् ‘अहिले त कति सुविधा छ, कति सुविधा छ न्याय क्षेत्रमा काम गर्नलाई । न्याय क्षेत्रमा काम गर्नलाई अहिले धेरै सुविधा छ । म पनि बाँसको कलमले नै वकालत सुरु गरेर आएकी हुँ । म जाँदा २०३५ सालमा बाँसका कलमले लेखिन्थे । अदालतमा जम्मै हातले सारिन्थे । अहिले त त्यस्तो छैन । दुनियाँ यति सजिलो छ काम गर्नलाई ।’

कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति परमानन्द झाले काठमाडौंमा जन्मिएका र न्याय क्षेत्रको पैरवी गर्नेहरू काठमाडौं छोड्न राजी नहुने समयमा श्रेष्ठले काठमाडौं बाहिर जाने आँटले नै स्थापित व्यक्तित्व बनाएको बताइन् । उनले श्रेष्ठको जीवन सादगी र मायालु रहेको बताइन् ।

उनले भनिन् ‘शारदा श्रेष्ठज्यूको जीवन असाध्यै सादगी र असाध्यै मायालु जीवन हो । उहाँ टाढा टाढाका साथीहरूलाई पनि कहिले कहीँ भेट हुँदा पनि अपनत्वका साथ पूरा गर्नुहुन्छ । उहाँ सहनशील हुनुहुन्छ । उहाँलाई जतिबेला काठमाडौं छोडेर अन्यत्र काममा जान आदेश आयो, सरक्क जानुभयो । काठमाडौंमा जन्मिएका न्याय सेवाका कर्मचारीहरू काठमाडौं छोडेर बाहिर जानु भनेको राजीनामा दिन तयार छु तर काठमाडौं बाहिर जान्न भन्ने पनि थिए । त्यो बेलामा उहाँले काठमाडौं छोडेर बाहिर जोन आँट गर्नुभयो, त्यो नै उहाँलाई स्थापित गर्ने अवसर थियो ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अहिले महिलाहरूले पहिलाको भन्दै धेरै अधिकार पाएको बताइन् । उनले महिलाहरूले आफ्ना हक अधिकार पाउन शारदा श्रेष्ठ लगायतका पूर्वन्यायाधीशहरुको महत्वपूर्ण भुमिका रहेको बताइन् । उनले आयोगले पनि महिलाको हक अधिकार प्राप्त गर्न र दिन विभिन्न कामहरु गर्दै आइरहेको बताइन् ।

उनले भनिन् ‘जुन अब महिलाहरूको अधिकारको कुराहरू भयो । जन्मसिद्ध अधिकार भयो, हकको अधिकार भयो । आदि कुराहरूमा यो अवस्थामा सुरुमा सबै महिलाकर्मीहरू नलडेको भए । त्यो बेलामा शारदा श्रेष्ठ लगायतका महिला कर्मीहरू लडेर अहिले यो अवस्थामा आइपुगेको हो । अहिले धेरै नै महिलाहरूले अधिकार पाइसकेका छन् । पहिलाको भन्दा धेरै राम्रो अवस्था छ । अझ पनि हामी महिलाको हक अधिकार प्राप्त गर्न र दिन लागिरहेका छौँ ।’

नेपालका प्रथम महिला न्यायाधीश एवं पुस्तकका लेखक शारदा श्रेष्ठले पुस्तक केही समयअघि नै लेखिसकिएको भएपनि केही कारणवश ढिला गरी विमोचन भएको बताइन् । उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसद श्रेष्ठबाट पुस्तक विमोचन हुनु अत्यन्तै सुखद् र खुसीयाली भएको बताइन् ।

उनले पुस्तकले न्याय क्षेत्रमा लाग्ने न्यायकर्मीहरूका लागि दिशा निर्देश गर्ने अपेक्षा राखेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *