गठबन्धनले संविधान उल्लंघन गर्‍यो, अब साथ दिन सकिन्न : झलनाथ खनाल

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले संविधान रक्षाको लागि भनेर बनेको गठबन्धनले पटक पटक संविधान उल्लंघन गरेको भन्दै पार्टीले यसमा साथ दिन नहुने बताएका छन् ।

खनालले शनिबार नेकपा एसको दोस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गठबन्धनका नाममा जस्तासुकै गलत कामको भारी बोकेर हिँड्न नहुने बताए ।

खनाल भन्छन्, ‘हामीले संविधान रक्षाको लागि गठबन्धन बनाएको भनेका छौँ । तर यही गठबन्धनले एकपछि अर्को संविधान उल्लंघन गरेको भनेर सर्वोच्च अदालतले भन्यो । कोशीमा यही गठबन्धनले दुई दुई पटक संविधान उल्लंघन गरेको छ । यसमा हाम्रो पार्टीको धारणा के हो ? गठबन्धनमा नाममा उनीहरूले गरेका सबै काम हामीले मान्ने हो कि स्वतन्त्र अस्तित्व देखाउने ?’

उनले पार्टी विभाजनको औचित्य पुष्टि गर्न अझै प्रभावकारी कार्यक्रम ल्याउन नसकिएको बताउँदै पार्टीभित्र गलत चिन्तनहरू हुर्किरहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =