ललिता निवास जग्गा प्रकरण : सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
२०८० साउन ५ गते

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
राउतलाई नेपाल बाहिर जान नमिल्ने गरी तारेखमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो।
उक्त प्रकरणमा छानबिनका लागि भन्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई गत असार २४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो।
अन्य तीन जना बन्दीको रिट भने खारेज भएको छ।
भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङ, सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिर कुमार शाह र पूर्व मालपोत अधिकृत धर्मप्रसाद गौतमले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनीहरूको भने रिट खारेज भएको छ।
यस्तो छ सर्वोच्च अदालतको आदेश:


२०८० साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित









