पोखरेल र नेम्वाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर ओली उडे कम्बोडिया

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनी आगामी साउन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मीलगायत ७ जनाको टोली कम्बोडिया प्रस्थान गरेका छन् ।

अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *