बालेनको निर्णयको स्वागत गर्दै दीपकराज लेख्छन्- पेट्रोलभन्दा पार्किङमा बढी पैसा जान्थ्यो !

काठमाडौँ । चलचित्र निर्माता एवम् कलाकार दीपकराज गिरीले काठमाडौँ महानगरपालिकाले पार्किङ सम्बन्धी गरेको नयाँ निर्णयको स्वागत गरेका छन् । निर्णयले आफ्नो पैसा जोगिने उनको आशय छ ।

अब महानगरभित्रका व्यावसायिक भवनहरू निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने भएको छ । महानगरपालिकाको आर्थिक ऐन २०८० ले यस्तो व्यवस्था गरेको हो ।

बहुतले आवासीय वा व्यावसायिक भवनहरूमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ बापतको शुल्क संकलन गर्न निषेध गरिएको छ । सेवाग्राहीबाहेक अन्यसँग भने पार्किङ शुल्क लिन सकिनेछ ।

यो निर्णयले कलाकार गिरी खुशी भएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महिनाभरको हिसाब गर्दा पेट्रोल भन्दा पार्किङमा पैसा बढी जान्थ्यो, सही निर्णय बालेन टिमको !’

यो पनि : काठमाडौँमा पार्किङ शुल्क निर्धारण, कुन ठाउँमा प्रतिघण्टाको कति छ शुल्क ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *