सप्तकोशी किनारमा तीन युवतीमाथि निर्घात कुटपिट
२०८० साउन १ गते

सप्तकोशी किनारमा तीन जना युवतीहरूमाथी निर्घात कुटपिट भएको छ।
सुनसरीको बराहाक्षेत्र नगरपालिका–१० मा युवतीहरूले नै कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। कुटपितमा संलग्न १९ वर्षीया प्रिति लिम्बुलाई आइतबार राति सुनसरी प्रहरीले पक्राउ गरेको छ।
असार २९ गते प्रितिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए।
१९ वर्षीया मनिषा राईसहित अरु १६ र १७ वर्षीया किशोरीमाथि कुटपिट भएको हो।
प्रहरीले अन्य ४ जनाको खोजी गरिरहेको छ। उनीहरुलाई अभद्र व्यवहारको कसुरमा कारबाही गर्ने प्रहरीको तयारी छ।
२०८० साउन १ गते
प्रतिक्रिया








