जुम्लामा विगत ८ सय बढी भेडा मरे पनि किसानले क्षतिपूर्ति पाएनन् : ज्ञानेन्द्र शाही
२०८० असार ३१ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लामा विगत ३ वर्षमा ८ सय बढी भेडाहरू विभिन्न प्राकृतिक विपत्तिमा मरेपनि किसानले क्षतिपूर्ति नपाएको बताए ।
उनले किसानलाई क्षतिपूर्ति भनी अरबौँ रुपैयाँ रकम जाने भएपनि पार्टीका कार्यकर्ताले लिने गरेका बताए । उनले पार्टी कार्यकर्तालाई बजेट दिएर राज्यको चरम दुरुपयोग गरिएको भन्दै छानबिन गरी कानुनी कठघरमा उभ्याउनुपर्ने बताए ।
उनले भने ‘किसानलाई क्षतिपूर्ति दिने भनेर अर्बौँ रुपैयाँ जान्छ । तर त्यो क्षतिपूर्ति आजसम्म किसानकहाँ पुगेको छैन । कृषि मन्त्रालय छ । कृषिमन्त्री हुनुहुन्छ । अब कृषिमन्त्री र कृषि मन्त्रालयको नाम परिवर्तन गरौँ भन्छु म । कार्यकर्ता मन्त्रालय, कार्यकर्ता मन्त्री बनाऔँ । किनभने अर्बौँ रुपैयाँ कृषिमा गएको छ तर वास्तविक किसानले होइन कि पार्टीका लोकल कार्यकर्ताले बजेट पाएर राज्यको चरम दुरुपयोग गरेका छन् । यिनीहरूलाई अख्तियार लगाएर छानबिन गरियोस् र कानुनी कठघरामा उभ्याइयोस् । यिनीहरूलाई अदालती मुद्दामा अगाडी बढाइयोस् । जिल्ला जिल्लामा कृषि कार्यालय छन् । तर ती कृषि कार्यालयले किसानको काम गर्नुका सट्टा पार्टीको काम गर्छन् । कार्यकर्ताको काम गर्छन् ।’
२०८० असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








