इक्यान अध्यक्ष प्रकाश पाण्डेले शेषराज समूहलाई समर्थन गर्ने
२०८० असार २८ गते

शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचनमा वर्तमान अध्यक्ष प्रकाश पाण्डेले शेषराज भट्टराईको समूहलाई समर्थन गर्ने घोषणा गरेका छन्।
शनिबार हुने इक्यान निर्वाचन–२०८० का लागि शेषराज भट्टराई समूहले आफ्नो दुई वर्षे कार्ययोजना प्रस्तुत गरेको छ। भट्टराई समूहले बिहीबार उम्मेदवार परिचय कार्यक्रम गर्दै आफ्नो चुनावी कार्ययोजना प्रस्तुत गरेको हो।
वर्तमान अध्यक्षको समर्थन मिलेसँगै यो समूहको सम्भावना बलियो बनेको छ।
संघको महासचिव र उपाध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेका भट्टराईले आइतबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए।
इक्यानलाई कुशल नेतृत्वसँगै नीतिगत हिसाबमा शक्तिशाली बनाउन आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ।
भट्टराई अर्विट इन्टरनेशनलका सञ्चालक हुन्।

२०८० असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








