महानगरअगाडि बालेनविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरअगाडि मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिएको छ । सडक व्यापारिहरुको उचित व्यवस्थापनको माग गर्दै स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका हुन् ।

जवाफदेहीता, प्रहरीहरुको (नगरप्रहरी) ज्याजती, गैरकानुनी कदम तथा ठेलागाढा, साना सडक व्यापारीहरुको उचित व्यवस्थापनको माग गर्दै शान्तिपुर्ण तवरले ‘गरीबको चमेली’ गीत गाउँदै उनीहरुले प्रदर्शन गरेका छन् । विभिन्न ब्यानर र प्याम्पलेट लिएर युवाहरु महानगर गेटअगाडि उभिएर प्रदशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =