नेपाली उत्पादनलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्छ : उपसभामुख राना
२०८० असार २६ गते

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरूलाई ब्राण्डिङ गरी विश्वबजारमा पुर्याउन आवश्यक रहेको बताएकी छन् ।
असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोवल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भई नेपाल फर्किएपछि मङ्गलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताएका हुन् । भ्रमणका क्रममा उहाँले गुइयाङ प्रान्तमा स्थानीय उत्पादनहरूलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउने गरेको र नेपालमा पनि आफ्ना स्थानीय उत्पादनहरू ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्ने आवश्यकता देखिएको बताइन् ।
उनले भने ‘त्यहाँको लोकल प्रोडक्टलाई बढी उहाँहरूले अर्ग्यानिक चकलेटहरू बनाएर ब्राण्डिङ गरेर विश्वमा पुर्याएको देखियो । यबेन माउताई भन्ने हाम्रो जस्तै रक्सी सेतो, कोदो, अन्नबाट बनाएर ब्राण्डिङ गरेर पठाउने रहेछ, हामीमा पनि धेरै यस्ता कुरा छन्, त्यसलाई ब्राण्डिङ गर्नुपर्छ जस्तो लागेको छ ।’
भ्रमणबाट उपसभामुख राना नेतृत्वको संसदीय टोली असार २५ गते राति स्वदेश फर्किएको थियो । भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्यहरू मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की भण्डारी र संघीय संसद सचिवालयका उपसचिव विमलराज जोशी सहभागी थिए ।
२०८० असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








