प्रधानमन्त्रीले स्पष्टीकरण होइन, राजीनामा दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताएका छन् ।
राष्ट्रिय स्वाधीनता, स्वाभिमान, संविधान र संसदमाथिनै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रस्टीकरण थियो । प्रधानमन्त्री दाहालले केही दिन अघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटक पटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्ष दलहरूले राजीनामा माग गर्दै बुधवार संसद बैठक अवरुद्ध पारेका थिए ।
त्यस लगत्तै ओलीले सञ्चारकर्मीहरूमाझ सो अभिव्यक्तिबारे प्रधानमन्त्री दाहालको स्पष्टीकरण नभई राजीनामा नै आफ्नो पार्टीलाई चाहिएको बताए ।
 उनले भने ‘प्रधानमन्त्रीले राम्रो काम गर्नु भएन । नराम्रो गर्दागर्दै आएर अव राष्ट्रिय स्वाभिमान, स्वाधीनता आदि प्रश्नमाथि, संविधानमाथि, सांसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनु भयो, जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ । कसले स्पष्टीकरण दिनु भन्यो, कहाँ ? हामीलाई स्पष्टीकरण होइन राजीनामा चाहिएको छ ।’
त्यस अवसरमा ओलीले प्रधानमन्त्री दाहालले केही पनि राम्रो काम नगरेको जिकिर समेत गरे ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *