प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’  पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’  पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राखेका प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सो प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्माणार्थ प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधवार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =