नासु कुटेको विरोधमा अदालत कर्मचारीले रोके काम

काठमाडौँ । नासु कुटेको विरोधमा देशभरिका अदालतमा कर्मचारीले काम रोकेका छन् । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा आइतबार देशभरका अदालतमा कर्मचारीले हडताल गरेका हुन् ।

चारवटा कर्मचारी संगठनहरुको आह्वानमा बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म आह्वान गरिएको हडताल जारी रहेको कर्मचारी संगठनहरुले दाबी गरेका छन् । कर्मचारीको आन्दोलनका कारण अदालतमा सेवा लिन पुगेका सेवाग्राही मर्कामा परेका छन् । कर्मचारीको आन्दोलनले अदालतको काम कामकारबाही प्रभावित भएको हो ।

प्रहरीले नासु प्रेमिका तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरी कारबाही अघि बढाइसकेको छ । तर कर्मचारी संगठनहरु हडतालमा उत्रेका छन् । उनीहरूको आन्दोलनले मुद्दाको पेसी, तारेख लिन पुगेका र मुद्दाको सुनुवाइका लागि अदालत पुगेका सेवाग्राही भने मर्कामा परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =