गगनको प्रश्न– १० सीटे माधवलाई पनि प्रधानमन्त्री बनाइदिनु पर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १० सीट भएका माधव नेपाललाई प्रधानमन्त्री बनाउन नसकिने बताएका छन् ।

उनले सत्ताबाहिर बस्नुपर्छ भन्ने डरले गर्दा कांग्रेस १० सीटेलाइ डेढ वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने अवस्था चिन्ताको विषय भएको बताए ।

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो गुनो गरेका हुन् ।

गगनले भने– आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ । १० सीट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर टाउकोमा राखे, बुइमा चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्छौँ भन्ने अवस्थामा पुगेको छ । सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो । अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =