अर्थमन्त्रीको दावी : आर्थिक वृद्धि बढाउने र जनताको पहुँच पुग्नेगरी बजेट ल्याइएको छ

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्याउने  गरी ल्याइएको दावी गरेका छन् ।
शुक्रवार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । अर्थमन्त्री महतले बजेट सङ्घीयता विरोध पनि नभएको जिकिर गरे ।
धेरै आम्दानी गर्नेहरूलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्लेख गर्दै उनले त्यसमा पनि असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ नरहेको पटक पटक दोहोर्याए । शब्दजालको कुरा भन्दा पनि आर्थिक वृद्धिको कुरालाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री महतको भनाई थियो ।
उनले भने ‘सङ्घीयता अनुसार हामी नगएको पनि होइन । समाजवाद उन्मुख कुरा धेरै पटक आइसक्यो । खाली शब्दले मात्रै केही हुँदैन हेर्नुस् । मूल कुरो अव हामी शब्द जे पनि राख्न सक्छौँ । तर त्यसको मर्मको कुरा गर्ने हो भने आर्थिक वृद्धि गर्ने र आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पुर्याउने नै यो बजेटको लक्ष्य हो । हामीले करको यद्यपि यो विनियोजन बजेटको विषयमा छलफल गरिरहेका छौँ । यसमा मैले धेरै प्रवेश गर्न आवश्यक छैन । करको जुन हामीले व्यवस्था गरेका छौँ । यसले चाहिँ जो धेरै आम्दानी गर्छ, उनीहरू करको दायरामा आईराख्या छैनन् । उनीहरूलाई करको दायरामा ल्याउने काम गरिएको छ । हामी कुरा गर्छौ प्रोग्रेसिप हुनुपर्याे । तर भन्दा उनीहरूलाई बेखुसी बनाउने बजेट ल्यायो । यसलाई ठिक ढङ्गले बुझिदिन म आग्रह गर्न चाहन्छु ।’
अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा राजस्व बढ्ने दाबी समेत गरे । राजस्व बढ्छ भन्ने अपेक्षाका साथ योजनाहरू बजेटमा उल्लेख गरिएको पनि उनले बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =