दुर्व्यसनीमा परेकालाई राख्ने सुधार गृह स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउनुपर्छ : सांसद कार्की 

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले लागूपदार्थ दुर्व्यसनीमा परेकाहरूलाई राख्ने सुधार गृहलाई स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउनुपर्ने बताए । उनले लागूपदार्थ दुर्व्यसनमा फसेकाहरूलाई अपराधीको जस्तो व्यवहार गर्नु नहुने बताए । उनले समस्याको समाधान मनोसामाजिक पाटोबाट गर्नुपर्ने बताए ।
उनले भने ‘विश्व स्वास्थ्य सङ्गठनले लागुपद्धार्थ दुर्व्यसनलाई रोगको रूपमा लिएको छ । तर हाम्रो परिवेशमा मुख्य समस्या भनेकै यसलाई मनोसामाजिक समस्या भन्दापनि अपराधको रूपमा मान्नु हो । आजसम्म पनि सुधार गृहहरू गृहमन्त्रालय अन्तर्गत छन् । अपराधी सरहमात्रै व्यवहार गर्ने हो भने यो समस्या बढी रहन्छ । लागुऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न मिल्दैन । अधिकांश प्रयोगकर्ताहरू १६ वर्ष मुनिका, मुख्य समस्या साथीको सङ्गतले र विभिन्न रोगहरू विशेषतः यौन रोग, एचआइभी, हेपाटाइटिसबाट ग्रस्त हुने देखिन्छ । मूलभूत यसको कारण मनोसामाजिक पाटो समाधान जरुरी छ । त्यसैले सुधार गृहहरूलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत ल्याउन जरुरी छ । र बजेटमा पनि सुधार गृहहरूका लागि प्रोत्साहन आवश्यक छ ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =