वर्तमान सरकारको आयु लामो छैन : सचेतक बर्तौला 

काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिन मात्रै रहेको बताएका छन् ।
शुक्रवार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका हुन् । उनले वर्तमान सरकार जनादेशअनुसार नबनेको बताए । उनले सरकारले जनतालाई डेलिभरी दिन नसकेको मात्रै नभएर राष्ट्र हितको प्रवर्धन गर्न समेत नसकेको बताए ।
उनले मुलुकको विकास,सुशासन र समृद्धिको पथमा हिँडाउन सामर्थ्य योग्यता प्रदर्शन गर्न नसकेको बताए । उनले बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन समेत नसकेको भन्दै सरकार अस्थिर,कमजोर बनेको आरोप लगाए । उनले अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको बताए । उनले वर्तमान सरकार एमालेलाई पाँच वर्ष टिकोस् भन्ने भएपनि परिस्थितिले सरकारको आयु लामो नदेखिएको बताए ।
उनले जनताको जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सक्छ भन्ने एमालेको धारणा रहेको बताए । उनले वर्तमान सरका अन्तर्विरोध, असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएको बताए । उनले नेकपा एमालेले सरकार ढाल्ने काममा नलाग्ने बताए । उनले सरकारको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरेपनि नयाँ गुट सिर्जना गरेको आरोप लगाए । उनले एमालेलाई नेपाली काँग्रेसको माया लागेको बताए ।
उनले भने ‘ वर्तमान सरकार भित्रभित्र थिङथिलो भएको छ । अन्तर्विरोध,असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएर पूरै मक्किएको अवस्था छ । थिङथिलो भएर मक्किएको सरकारलाई एमालेले सामान्य रूपमा छुँदा पनि ढल्ने अवस्था छ । तर नेकपा एमालेले त्यो गर्दैन ।सरकारको नेतृत्व पुष्पकमल दाहालले प्रधानमन्त्री हुनुहुन्छ । सबै गठबन्धनको नेतृत्व गरिराख्नुभएको छ । त्यो भित्र उहाँले नयाँ गुट सिर्जना गर्नुभयो। काँग्रेसलाई मार हान्नको लागि हतियार उदाउनु भयो । एमालेलाई माया काँग्रेसप्रति छ । काँग्रेस भरोसा गरेर जनताले पहिलो बनायो । ८९ सिटमा संसदमा पठाएको छ । ३२ सिटलाई प्रधानमन्त्री स्वीकार गरेर ८ वटा मन्त्रालयमा चित्त बुझाउँदा पनि प्रधानमन्त्रीले हतियार साँध लगाई रहनुभएको छ । जनादेशको म्याण्डेट अनुसार सरकार बन्न सकेन । जसका कारण सरकारले डेलिभरी दिन सकेको छैन । राष्ट्र हितको प्रवर्धन गर्न सकिरहेको छैन । विकास,सुशासन र समृद्धिको पथमा मुलुकलाई हिँडाउन सामर्थ्य योग्यता सरकारले प्रदर्शन सकेको छैन । बजेट मार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन सकेको छैन । वैदेशिक लगानीको सुरक्षित वातावरण छ भन्न सकेको छैन । यो अस्थिर,कमजोर सरकार र जनादेश विपरीतको अप्राकृतिक सरकार हो । त्यसकारणले गर्दा सरकारको विकल्प आवश्यक देखिएको छ । एमालेलाई पाँच वर्ष यही गठबन्धनको सरकार बनोस् भन्ने थियो । जनताको जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सकिन्छ । सरकारको आयु केही दिनको मात्रै रहेको छ ।’
त्यस्तै,नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले  एमाले र काँग्रेसको सरकार बन्ने विषय आधारहीन बहस भएको टिप्पणी गरे । उनले सरकार परिवर्तन हुने विश्लेषण गर्न मिले पनि अहिले तत्काल एमाले र काँग्रेसका बीचमा सत्ता साझेदारी गर्ने तहको धरातल विकास नभएको दाबी गरे । उनले सत्ता समीकरण गर्ने संवाद भयो भन्ने पनि एमाले माओवादीको पनि सधैँ संवाद भइरहेको बताए । उनले पहिलो चरणलाई यही गठबन्धन जानेर इमानदारी पूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेपछि प्रधानमन्त्रीले हस्तान्तरण गर्ने बताए ।
उनले भने ‘एमाले र काँग्रेसको सरकार बन्ने विषय आधार नभएको बहस हो । विश्लेषण गर्न पाइनछ । संवाद माओवादी र एमालेको बीचमा पनि छ । अहिले तत्काल एमाले र काँग्रेसका बीचमा सत्ता साझेदारी गर्ने तहको धरातल विकास भइसकेको छैन । यो चरणलाई यही गठबन्धन जान्छ । इमानदारीपूर्वकता आफ्नो कार्यकाल सम्पन्न गरेपछि प्रधानमन्त्रीले हस्तान्तरण गर्नुहुन्छ । अर्को चरणमा नेपाली काँग्रेसले नेतृत्व गर्छ । सरकारले ल्याएको बजेट असन्तुलन भएको कुरा हामीले पनि बोली रहेका छौँ । नेकपा समाजवादी पार्टी बजेट पास गर्न नदिने निर्णय गरेको छैन । मैले पनि निःशर्त बजेट समर्थन गर्न सकिँदैन भनेको छु । तर १२ गते बजेट आनन्दले पास हुन्छ । असन्तुलन रहेका क्षेत्रमा सहजता बनाउने गरी बजेट पास हुन्छ ।’
उनले सरकारले ल्याएको बजेट असन्तुलन भएको कुरा माओवादीले पनि बोलेको भन्दै बजेट पास नहुने भन्ने नभएको बताए । उनले नेकपा (एकीकृत समाजवादी) पार्टी बजेट पास गर्न नदिने निर्णय नगरेको भन्दै १२ गते बजेट पास हुने दाबी गरे ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =