रास्वपा स्थापनाका दिन रविको स्टाटस

‘अघि बढ म साथमा छु’ भनेर घरबाटै हिम्मत दिने अर्धाङ्गिनी निकितालाई सम्झन चाहन्छु : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्षगाँठमा आफ्नो टेलिभिजन यात्रा सम्झिएका छन् ।

गत वर्ष आजकै दिन (असार ७ गते) उनले ग्यालेक्सी टेलिभिजन छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । सोही अवसरमा रास्वपाले आज एकसाथ विविध कार्यक्रम आयोजना गर्दै छ ।

पार्टीको पहिलो स्थापना दिवसका अवसरमा ऐक्यबद्धताका लागि आज ७ गते, साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक घण्टी बजाउन पार्टीका नेता/कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

उनले भनेका छन् :- ‘इतिहास पढ्ने विषय मात्रै होइन रच्ने विषय पनि हो। “होइन,छैन, सकिदैन” मात्र होइन “हो,छ र सकिन्छ” भन्दै अघि बड्नु पर्छ। आलोचना त कालिकोटमा अस्पताल बनाउदा पनि हुन्थ्यो,कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बड्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफनो हातमा हुन्छ। रास्वपा एक वर्षको हुदा हिजोको जग खडा गर्नु हुने सिधाकुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु, New 24 र Galaxy टेलिभिजनलाई सम्झन चाहन्छु। पार्टी स्थापनाका दिन देखि जोडिएर आज सम्म जोडिदै गर्नु हुने सम्पुर्णलाई सम्झन चाहन्छु।”अघि बढी रहु, म साथमा छु” भनेर घरबाटै हिम्मत दिने अर्धाङिनी Nekita Poudel Lamichhane लाई सम्झन चाहन्छु। आज ७ गते, साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक, एक्यवद्धताका लागि घण्टी बजाऔं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =