नागरिकता विधेयकको मुद्दा छिटो किनारा लगाउन सांसद श्रेष्ठको माग

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले नागरिकता विधेयकसम्बन्धी अदालतमा परेको मुद्दा छिटो किनारा लगाउन माग गरेका छन् ।

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद श्रेष्ठले नागरिकता विधेयक सम्बन्धी सर्वोच्च अदालतमा रहेको मुद्दालाई छिटो किनारा लगाउन माग गरेका हुन् । उनले नागरिकताविहिनहरुको आन्दोलनमा प्रहरीको धरकपट भएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराए ।

उनले भने ‘सम्मानित सर्वोच्च अदालतलाई म सम्मान गर्छु । तर सम्मानित सर्वोच्च अदालतले यस्तो महत्वपूर्ण चिजमा किन लिङ्गरिङ गरिरहेको छ ? कुन अदृश्य शक्तिले यो लिङ्गरिङ भइरहेको छ ? मलाई थाहा छैन । धरकपट पनि भएको प्रहरीबाट । म यस विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । र यो छिटोभन्दा छिटो सम्मानित सर्वोच्च अदालतबाट पनि जुन रिट परेको छ यस विषयमा छिटो निर्णय आओस् भन्ने कुरा पनि तपाईँहरूको मिडियामार्फत म जोडदार माग गर्न चाहन्छु ।’

उनले समाजवादी मोर्चा नेपालबाट कोहीपनि आत्तिनु नपर्ने बताए । मोर्चा घोषणा भएपनि मोर्चाको विस्तृत खाका भने आउन बाँकी नै रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =