किसानलाई मल र विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल दिनुस् : जुलीकुमारी महतो

काठमाडौँ । नेकपा (एमाले) की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरूलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
बुधवार प्रतिनिधिसभाको दोस्रो बैठकको शून्य समयमा बोल्दै उनले रोपाइँ सुरु हुँदा पनि मलको व्यवस्था गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना समेत गरे । सांसद महतोले विभिन्न रोगव्याधिहरु फैलने अवस्था आएकाले त्यसको नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।
उनले भने ‘नयाँ शैक्षिक सत्र सुरु भयो । विद्यार्थीलाई पुस्तक छैन । किसानको रोपाई सुरु भयो । मल छैन । महँगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन । हत्या, हिंसाले त्रास बढाएको छ । न्याय पाउने आस छैन । रोजगारीका लागि विदेश जानुपर्ने राज्यले नसोच्ने । सरकार कहाँ छ ? सभामुख महोदय । यसमा ध्यान दिन म सरकारसँग माग गर्दछु ।’
सांसद महतोले युवाहरू रोजगारीका लागि विदेशिने क्रम बढ्दा पनि सरकारले उनीहरूलाई स्वेदशमै रोजगारीको अवसर दिने कुरामा कुनै सोचाई नराखेको भन्दै आक्रोश व्यक्त गरे ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =