हर्क साम्पाङको निर्देशन- धरानमा ‘आदीपुरुष’को प्रदर्शन रोक्नू

काठमाडौँ । धरानमा विवादास्पद दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन रोकिएको छ । मेयर हर्क साम्पाङले नगरभित्रका हलहरूमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन् ।

‘धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला’, सोमबार मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन् । यसअघि काठमाडौँ र पोखरामा प्रदर्शन निषेध गरिएको थियो ।

‘सुरुमा काठमाडौँका मेयर बालेन शाहले आदिपुरुषमा रहेको ‘सीता भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म अन्य भारतीय चलचित्र पनि चल्न नदिने घोषणा गरेका हुन् । पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *