नाटक ‘केसामी-नाम्सामी’को पोस्टर सार्वजनिक, प्रदर्शन मिति घोषणा

काठमाडौँ । एक थिएटर नेपालले प्रदर्शन गर्न लागेको नाटक ‘केसामी-नाम्सामी’ को पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेको छ ।
बुधवार बाहेक साउन १८ देखि भाद्र १३ गते सम्म प्रदर्शन मिति तोकिएको उक्त नाटकमा अनिल सुब्बाको निर्देशन रहने छ भने नाट्य रूपान्तरण यासेली योङ्हाङ्ले गरेका हुन् ।
पुस्तौँदेखि मौखिक परम्परामा जीवित रहँदै आएको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृतिलाई आधुनिक रंगभाषामार्फत प्रस्तुत गर्ने सिर्जनात्मक प्रयासका साथ थिएटरमा आउन लागेको निर्माण टोलीले बताएको छ ।
निर्देशक सुब्बाका अनुसार नाटकले परम्परा र वर्तमानबीच अर्थपूर्ण संवाद, मौलिक संस्कृति, इतिहास, प्रकृतिसँगको सम्बन्ध, मानवीय संवेदना र पहिचानका विविध आयामहरूलाई रङ्गमञ्चमार्फत पस्कने प्रयास गरेको छन् ।
हाम्रा संस्कृति र सभ्यतालाई नयाँ दृष्टिकोणबाट अनुभूति गर्न यो नाटक हेर्नै पर्ने उनी बताउँछन् ।








