राजेश र यशले सार्वजनिक गरे सुमन सरगमको ‘आफ्नो बनाई लैजाउ’ (भिडिओ)

काठमाडौँ । गायक सुमन सरगमले नयाँ गीत ‘आफ्नो बनाई लैजाउ’ सार्वजनिक गरेका छन् ।
आइतबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको छ ।
चर्चित गायकद्धय राजेश पायल राई र यश कुमारले संयुक्त रुपमा ‘आफ्नो बनाई लैजाउ’को भिडियो सार्वजनिक गरेका हुन् ।
‘राई इज किङ’ उपनामले परिचित गायक राजेश पायलले आफुले खोजी प्रतिभाको नामक रियालिटी शोको निर्णायक हुँदा भेटेको एक सुन्दर प्रतिभा सुमन सरगम भएको बताए । आज सार्वजनिक गीतमा गायनसँगै सुमनले अभिनय पनि साह्रै राम्रो गरेको देख्दा खुशी लागेको सुनाए ।
यता, अर्का गायक यश कुमारले सुमनलाई आफुले उ पहिलो पटक काठमाडौं आउँदा भेटेको बताए । ठमेलको एक रेष्टुरेन्टमा पहिलो पटक भेट्दा गाउँबाट आएको एक सामान्य युवा जसको काठमाडौंमा कोही थिएन । मलाई दाई मेरो लागी बस्ने ठाउँ र जागीरको व्यवस्था गरिदिन भनेपछि उसको गायन कला देखेर सहयोग गरेको स्मरण गरे । त्यो भाइको अहिले निकै उन्नती भएको देख्दा खुशी लाग्छ ।
सुमन र गायिका मेलिना राईको स्वर रहेको गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ । होरिजन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा याकुभ तामाङ म्युजिक प्रोड्युसर तथा रेशम गदालको मिक्सिङरमास्टरिङ छ । शान थापाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा गरिमा शर्मासँग गायक सरगम आफैले अभिनय गरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको कलर, विवेक सुनारको सम्पादन र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । यो म्युजिक भिडियो गायक सुमन सरगमले आफ्नै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् ।








