काँग्रेस सांसद भण्डारी भन्छन्– बालेनले ग्रेटर नेपालको नक्शा राख्नुको कुनै तुक छैन

काठमाडौं । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले मेयर शाहले ग्रेटर नेपालको नक्शा राख्नुको कुनै तुक नभएको टिप्पणी गरेका छन् ।

उनले सबै जना एक भएर राष्ट्रको बारेमा भूमिका खेल्नुपर्नेमा जोड दिए । त्यस्तै उनले नेपाल धर्म निरपेक्ष हुनु देश हीतको पक्षमा नभएको बताए ।

उनले भने – ‘शताब्दिऔँदेखि पश्चिमाहरु नेपालका विभिन्न भूभागमा बसेर हाम्रो सनातन संस्कार, संस्कृति र धर्म विरुद्धमा उनीहरु क्रियाशील थिए । शताब्दिऔँ अघिदेखिको उनीहरुको हरेक प्रकारको योजनालाई उनीहरुले अगाडी बढाउँदै आज नेपालको मुल संविधानमा पनि धर्म निरपेक्षता शब्दको व्यवस्था गर्न सफल भएका छन् । अर्थात् यो गलत छ । यो देशको समग्र हितको पक्षमा छैन । धर्म निरपेक्षता संविधानमा लेख्दैमा आम जनताले के पाए ? हिन्दु राष्ट्र हुँदा आफ्नो पहिचान हुन्छ । पहिचान सबभन्दा ठूलो कुरा हो । बालेनजीले त्यो गर्नु आफैँमा एउटा उहाँको वैयक्तिक सोँच हो । त्यसले सिंगो राष्ट्रियतालाई टेवा पुर्‍याइरहेको छैन । त्यसले एउटा संकेत के गरिरहेको छ जनप्रतिनिधिहरुलाई भने, जनप्रतिनिधिहरु राष्ट्रका लागि गम्भिर बन है भनेर संकेत गरेको हुनसक्छ । उहाँले ग्रेटर नेपालको नक्शा राख्नु र उहाँको चर्चा, परिचर्चा हुनु त्यसको खासै तुक छैन । जबसम्म हामी एक भएर राष्ट्रको बारेमा भुमिका खेल्दैनौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =