घुस खान छाड्नुस्, नत्र बुढेसकालमा दुःख पाइन्छः चित्रबहादुर केसी
२०८० जेठ ३२ गते

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ज्येष्ठ नागरिक सबैभन्दा पीडामा रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने– ‘म पनि एक ज्येष्ठ नागरिक हूँ, वुद्धि छ भने तपाईंहरुले भ्रष्टाचार गर्न, घुस खान छाड्नुस् किनभने घुस खाएको पैसाले तपाईंलाई वृद्ध अवस्थामा केही काम लाग्ने छैन, किनभने तपाईंका छोरानाति यहाँ बस्दै बस्दैनन् ।’
त्यस्तै, उनले गोरखा, डडेलधुरा, नुवाकोटको बजेट कटौती गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘५१ प्रतिशत बजेट तीनजनाको भागमा, बाँकी अरू सांसदको क्षेत्रमा भेदभाव, पक्षपात बजेटमाथि भएको छ । यस्तो बजेटमाथि छलफल गराउनुको औचित्य छ ?
२०८० जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित








