बालकृष्णको तर्फबाट आज पूर्व महान्यायाधिवक्ता खाती, अधिवक्ता रमण श्रेष्ठसहितले बहस गर्दै
२०८० जेठ ३१ गते

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट बहस जारी रहेको छ । खाँणको पक्षका वकिलले मंगलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिनपनि जारी रहेको हो ।
पहिलो दिन उनको तर्फबाट १० जना वकिलले बहस गरेका थिए । आज दोस्रो दिन पूर्व महान्यायाधिवक्ता खम्म खाती, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्दैछन् । खाँणको तर्फबाट बहस गर्ने वकिलहरू धेरै भएकाले दुई दिन लागेको हो ।
यो प्रकरणमा १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना फरार छन् । अझै बहस नसकिएकाले थुनछेकको आदेश आउन ढिलाइ हुने निश्चित छ ।
२०८० जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








