मेरा लागि सरकार ठूलो कुरा होइन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् ।

बुधबार बिहान पूर्व शिक्षामन्त्री एवं दिवङ्गत नेता डिआर पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ। कतिपयले आशंका गरेको देख्छु- सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु- सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहीँ सम्झौता हुँदैन, झुकिँदैन,’ उनले भने ।

पूर्वमन्त्री पौडेलको स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘उहाँलाई जनताको बिचमा स्थापित गराउन मैले शिक्षामन्त्रीको जिम्मेवारी दिएको थिएँ । उहाँले आफ्नो जिम्मेवारीमा राम्रो पनि गर्नुभयो । डिआरको आकस्मिक निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको छ ।’

उनले आफूहरू समाजवादको मौलिक बाटो खोजिरहेको पनि बताए । ‘नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनेमा छौँ । हामी समाजवादी मोर्चा बनाउँदैछौँ । समाजवादको मौलिक बाटो खोजिरहेका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आन्दोलनका उपलब्धिहरूमाथि प्रहार भइरहेको छ । लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएका छन् । यसका विरुद्ध संघर्ष गर्दै आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। कम्युनिस्टहरू मात्रै इमानदार र सक्षम हुन्छन् भन्ने पुष्टि गर्नुछ, तसर्थ सरकारको मोर्चालाई सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्छ ।’

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवहरू हरिबोल गजुरेल, गिरिराजमणि पोखरेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

One thought on “मेरा लागि सरकार ठूलो कुरा होइन : प्रधानमन्त्री प्रचण्ड

  1. अब तिमीहरुले चुतिया बनाउने भने को तिमीहरुकै पैसामा बिकेका कुत्ता दलाल हरामी डाका भ्रस्ट चोर चुतिया झोले कार्यकर्ता लाई नै हो किनके यी कुत्ता हरामी झोले को जिन्दगि सरदारले(चुतिया नेताहरु ले) भ्रस्टाचार गरि कमाएको पैसा बाट चलेको हुन्छ –थुक्क नरभछि पशु हरु हो कति डस छौ नेपाल आमा लाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 12 =