बजेट सच्याउनुस्, सरकार असफल भयो भन्दैनौँ : केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०-०८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन् ।

बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाई थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सत्तारुढ दलहरूले अहंकार देखाएर बजेटमा कमा र फुलिष्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिए । ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकिर समेत गरे ।

उनले भने, अव यहाँ सत्ता अहंकार हुन्छ । बजेट सच्याउन मिल्दैन । बजेट सच्याए बापत सरकार असफल भयो भन्दैनौँ हामी । सच्याउनुस् बजेट । सरकार असफल भयो, सरकारले बजेट फे¥यो भन्दैनौँ हामी । तर सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस् । हामी साथ दिन्छौँ । तर सत्ता अहंकारले बजेटमा कमा, फुलिष्टप फेरिँदैन । हामी जो बाहुबली छौ । टेर्दैनौँ भन्नु हुन्छ भने परिणामले तपाईँलाई सत्ता अहंकारबाट तपाईँको अहंकारको सत्ताको भूत परिणामले झारिदिनेछ ।’

अध्यक्ष ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *