प्रतिनिधि सभा बैठक दोश्रो पटक ६ बजेलाई सारियो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि शुक्रबार दिउसो पौने १ बजे २० मिनेटका लागि सारिएको बैठक ६ बजे बस्ने भएको छ ।

२० मिनेटका लागि भनेर पौने १ बजे स्थगित भएको प्रतिनिधि सभा बैठक दोश्रो पटक सूचना निकालेर ६ बजेका लागि सारिएको हो ।

सङ्घीय सांसदका महासचिव भरतराज गौतमले एक विज्ञप्ति जारी गर्दै बैठकको जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८० साल जेठ १२ गते शुक्रवार सूचना प्रकाशित गरी दिनको ३:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा वस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम को प्रतिवन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले सभाको वैठक आजै बेलुका ६:०० वजे वस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’

आजको बैठकमा नेकपा एमालेको अवरोध गरेपछि अवरुद्ध संसद् बैठक खुलाउन सभामुख देवराज घिमिरेले संसदमा रहेका मुख्य चार दलका प्रमुख सचेतक र सचेतकसँग संयुक्त छलफल गरेका थिए ।

आज सांसदहरूले उठाएको सरकारको नीति तथा कार्यक्रममाथि जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिने कार्यसूची छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 2 =