असन्तुष्ट माधव नेपाललाई भेट्न निवासमै पुगे प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सह–संयोजक माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

सोमबार बिहान कोटेश्वरस्थित नेपाल निवास पुगेर प्रचण्डले उनीसँग छलफल गरेका हुन् । दुई नेताबीच केहीबेर कुराकानी भएको प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए ।

पार्टीभित्र छलफल नै नगरी प्रचण्डले एमालेसँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमति गरेपछि माधव नेपाल असन्तुष्ट बनेका थिए ।

नेपालले एमालेसँग भन्दा पनि नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्नुपर्ने पक्षमा धारणा राख्दै आएका थिए ।

यसअघि नेकपाले प्रदेश सरकार गठनका लागि विभिन्न प्रदेशमा सहकार्यको सहमति गरेको थियो । सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाको नेतृत्व रहनेछ । गण्डकी र मधेस प्रदेशमा भने अन्य दलको सहयोगमा सरकार सञ्चालन गर्ने समझदारी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =