ऊर्जा क्षेत्रको विकासका लागि विद्युत् ऐन समयानुकूल बनाउन आवश्यक: पूर्वमन्त्री ज्ञवाली

काठमाडौँ । पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले ऊर्जा क्षेत्रको विकासका लागि विद्युत् ऐनलगायत कानुनलाई समयानुकूल बनाउन जरुरी रहेको बताएका छन् ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २२ औँ स्थापना दिवसको अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले उर्जासम्बन्धी ऐन तथा कानुनहरूमाथि छलफल गराउन सबै राजनीतिक दल र सांसदहरूमाथि आवश्यक दबाब सिर्जना गर्न आवश्यक रहेको पनि बताए । उनले ऊर्जा क्षेत्रको विकासका लागि छुट्टै छाता ऐन आवश्यक रहेको पनि बताए ।

नेपाल विद्युत् प्राधिकरणको ‘नेट बिलिङ’ प्रणालीले सौर्य ऊर्जा उत्पादक उपभोक्तामाथि अन्याय भएको पनि बताए । उनले ‘नेट मिटरिङ’ लागू नगर्दा उपभोक्ताले लगानीअनुसार प्रतिफल नपाएको उनको भनाइ छ ।

उनले भने ‘सामुदायिक विद्युत् महासंघले परिकल्पना गरेको ऐनमाथि छलफल गराउनुपर्ने चुनौती छ । आफ्नो क्षेत्रका सांसदहरूको घाँटी समात्नुपर्‍यो । कानुन मन्त्रालयको भरमा मात्र राम्रो ऐन आउँदैन । त्यसकारण हामीलाई एउटा छाता ऊर्जा ऐन चाहिएको छ । म आफ्नै पाटनको घरमा ६ किलोवाटको सोलारको उत्पादक हुँ । ‘टु वे मिटरिंग‘ हालेर मलाई विद्युत् प्राधिकरणले ठगेको छ । किनभने नेट मिटरिंग छैन नेट बिलिङ छ । हामी सोलारमा इन्भेष्ट उपभोक्ताहरूलाई ठगिएका छन् ।’

उनले वन क्षेत्रको संरक्षणसँगै सदुपयोग गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =