कप्तानगञ्ज घटनामा बास्कोटाको कटाक्ष: ‘संसदमा फेरि रुने नाटक हुन्छ’

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको गोलीकाण्डपछि नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङमाथि कटाक्ष गरेका छन् ।

कप्तानगञ्जमा गएराति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । घटनामा ८ जना प्रदर्शनकारी र ८ जना प्रहरीसहित कम्तीमा १६ जना घाइते भएका छन् । घटनापछि प्रभावित क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु जारी गरिएको छ ।

यसै घटनालाई संकेत गर्दै बास्कोटाले संसद् र गृहमन्त्री गुरुङप्रति व्यंग्य गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधिसभाको रोष्ट्रममा फेरि सुँक्सुकाउँदै रुन्छ र सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन् । पानी पिउँदै भन्छ– हाम्रा भाइबहिनीमाथि गोली चलेकोमा आफूलाई कति पीडा भइरहेको छ ।’

उनले थप लेखेका छन्, ‘बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन्– दोष ती मान्छेको थियो, जसले गोली खाए । जबाफदेहिता भए राजीनामा देऊ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =