छतबाट खसेर ज्यान गुमाएका रविका चालकको आज अन्त्येष्टि
२०८० वैशाख २० गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिँदैछ । लामिछानेका प्रमुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो ।
चालक थापाको उपचारका क्रममा मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो । सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसेपछि हेलिकप्टरबाट काठमाडौँ ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो ।
२०८० वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित








