डिपी अर्यालले रास्वपा संसदीय दलको नेताबाट राजीनामा दिए

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् ।

रवि लामिछानेको संसद पद गएपछि अर्याल संसदीय दलको नेतामा चुनिएका थिए। तर उपनिर्वाचनबाट लामिछाने पुन विजयी भएर आएपछि अर्यालले राजीनामा दिएका हुन्।

पार्टी सभापति लामिछानेलाई नै रास्वपाले पुनः दलको नेतामा चुन्ने छ।

गत माघमा सर्वोच्चको फैसलासँगै रवि पदमुक्त भएपछि पार्टीका उपसभापति समेत रहेका अर्याललाई दलको नेता चयन गरिएको थियो। अर्याल रास्वपाको समानुपातिक सांसद हुन्।

उनले शनिबार बुझाएको राजीनामा पत्रमा भनेका छन्, ‘विषम अवस्थामा संसदीय दलको नेताको जिम्मेवारी सम्हालेको तथ्य विदितै छ। हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनु भएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको छ। त्यसैले मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मितिदेखि लागु हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पद त्याग गर्दै राजीनामा पेश गर्दछु।’

 

मंसिर ४ को निर्वाचनपछि रास्वपाले सभापति लामिछानेलाई नै संसदीय दल नेता चुनेको थियो । लामिछानेलाई पुन दलको नेता बन्न अर्यालले बाटो खुल्ला गरिदिएका हुन्।

अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बुझाएको राजीनामा संसदीय दल बैठकले शनिबार स्वीकृत गरेको छ।

अर्को संसदीय दल बैठकले नयाँ नेता चयन गर्ने छ । सभापति लामिछाने पुनः सर्वसम्मतिले संसदीय दलको नेता चयन हुने करिव पक्का छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =