अग्रता बढाउँदै उपेन्द्र यादव, कसले कति मत पाए ?

काठमाडौँ । बारा-२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् ।

पछिल्लो अपडेट अनुसार जसपा अध्यक्ष यादवले ९८७० मत प्राप्त गरेका छन् भने जनमतका कुशवाहले ६७७१ मत प्राप्त गरेका छन् । अहिले यादव २ हजार ७०२ मतले अगाडी रहेका छन् ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले ११७४ मत प्राप्त गरेका छन् । आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ५७१ मत प्राप्त गरेका छन् ।

बारा-२ मा ६ स्थानीय तहको ४४ वटा वडा रहेको र यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार २४८ मतदाता रहेका थिए । जसमा ६८ हजार ८ सय ८७ मत खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =