बारा-२ : उपेन्द्रले शिवचन्द्रलाई २ सय बढी मतले उछिने 

काठमाडौँ । प्रतिनिधि सभा उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार बारा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार यादवले १८ सय ७२ मत ल्याएका छन् ।

यस्तै, जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १६ सय ६१ मत ल्याएका छन् ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ७ सय २९ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ सय ६९ मत ल्याएका छन् ।

हाल मधुवन, सहजौली, गालापट्टि, बजनीको मत गणना सकिएको छ । हालसम्ममा ३२ सय ४१ मत गणना भएको बताइएको छ ।

अब सुवर्ण ८ र प्रशुरामपुरको मतगणना गर्ने लागिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =