बारा-२ : उपेन्द्रलाई शिवचन्द्रले उछिने
२०८० वैशाख ११ गते

काठमाडौँ । प्रतिनिधि सभा उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार बारा २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ११ सय ४६ मत ल्याएका अग्रता लिएका छन् ।
जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १ हजार १ सय १७ मत ल्याउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ सय ३८ मत ल्याएका छन् ।
यस्तै, रास्वपाका उम्मेदवार रमेश खरेलले २ सय ४४ मत ल्याएका छन् ।
हाल मधुवन, सहजौली, गालापट्टि, बजनीको मत गणना सकिएको छ । हालसम्ममा ३२ सय ४१ मत गणना भएको बताइएको छ ।
अब सुवर्ण ८ र प्रशुरामपुरको मतगणना गर्ने लागिएको छ ।
२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








