बारा-२ : उपेन्द्रको अग्रता, पच्छ्याउँदै कुशवाहा
२०८० वैशाख ११ गते

काठमाडौँ । बाराको मतगणनामा उपेन्द्र यादवको अग्रता कायम छ ।
प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणनामा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् ।
६७० मत गन्दा उपेन्द्रले ४ सय ५८ मत ल्याएका छन् । उनी सत्ता गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार हुन् ।
त्यस्तै, माओवादी केन्द्र त्यागेर सिके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार बनेका शिवचन्द्रप्रसाद कुशवाहाले ३६० मतका साथ दोस्रो स्थान कायम गरेका छन् ।
एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ सय १७ मत ल्याउँदा रास्वपाका उम्मेदवार रमेश खरेलले १ सय ७९ मत ल्याएका छन् ।
हाल करैयामाई १ को मतगणना भइरहेको छ ।
२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








