लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पाएनन् विश्वासकाे मत, स्वतः पदमुक्त

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदमा विश्वासको बहुमत पुर्याउन नसकेपछि स्वतः पदमुक्त भएका छन् । सोमबार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा ३३ मतमात्र पाएका हुन् । ८७ सदस्यीय प्रदेश सभामा उनले विश्वासको बहुमत पूरा गर्न ४४ सांसको मत पाउनु पर्ने थियो ।

एमालेबाट मुख्यमन्त्री रहेका उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मात्र मत पाएका हुन् । विपक्षमा कांग्रेस, माओवादीलगायतका सत्ता गठबन्धनका दलसहितको ५३ मत परेको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन सहित सरकारबाट बाहिरिएको थियो । त्यसपछि उनले विश्वासको मत दिएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =