गोरखा पुगेर तनहुँ जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनी बिहान नौ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने र त्यसपछि तनहुँ जाने कार्यक्रम छ । तनहुँमा उपनिर्वाचनका कार्यक्रम लगायतमा उनी सहभागी हुनेछन् ।

तनहुँको डुम्रे बजारमा आज दिउँसो चुनावी सभा आयोजना गरिएको छ । सो सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =