जग्गाको कित्ताकाट खुल्यो
२०८० वैशाख ५ गते

सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले देशभरको जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरिएको हो।
नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।
यसले अर्थतन्त्र चलायमान बनाउने सरकारको अपेक्षा छ।
२०८० वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित








