नेकपा एसबाट नन्दा शर्मा भौतिक राज्यमन्त्री बन्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नन्दा शर्मालाई भौतिक राज्यमन्त्रीमा पठाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् । उनी राष्ट्रसभा सदस्य हुन् ।

यस्तै, नेपाली कांग्रेसबाट परराष्ट्र मन्त्रीमा एनपी साउदलाई पठाउने निर्णय भएको छ ।

प्रधानमन्त्री सचिवालयका सदस्य मनहरी तिम्सिनाका अनुसार साउदको शपथ ३ बजे हुने छ । उनको शपथका लागि राष्ट्रपति कार्यालय जानकारी गराइसकिएको छ ।

यस्तै, शर्मालाई पनि भौतिक राज्यमन्त्री बनाउन पार्टीले नाम प्रधानमन्त्री कार्यालय पठाइसकेको एसका सम्मानित नेता झलनाथ खनालले बताए । उनले भने, ‘उहाँको पनि नाम फाइनल भएको छ । आजै शपथ लिने हो ।’

सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय लिने समझदारी बनेको छ । जसमध्ये यसअघि कांग्रेसले ४ जना मन्त्री मात्रै सरकारमा पठाएको थियाे ।

यस्तै, नेकपा एसले दुई मन्त्री र एक राज्यमन्त्री पाएको छ । अब ५ वटा मन्त्रालय खाली छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र खानेपानी मन्त्रालय प्रधानमन्त्रीसँग छन् ।

पछिल्लो पटक गत फागुन १७ गते प्रधानमन्त्री प्रचण्डले सातौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *