एमालेद्वारा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता
२०७९ चैत २७ गते

काठमाडौँ । नेकपा एमालेले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन फिर्ता लिएका हुन् ।
पत्रमा आज चैत २७ गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइएको छ । आइतबार एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका थिए ।
एमालेबाट कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जितबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका थिए ।
पुस १० गते केन्द्रमा नेकपा एमाले, माओवादी लगायतका दलको सहभागिता भएको समिकरणका आधारमा पुस २७ गते नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको नेकपा एमालेले माघ ६ मा पहिलो पटक र चैत १७ मा दोस्रो पटक प्रदेश सरकारलाई विश्वासको मत पनि दिएको थियो ।
केन्द्रमा फेरिएको सत्ता गठबन्धनको समिकरणसँगै कर्णालीमा पनि सरकारबाट नेकपा एमाले बाहिरिएको हो ।
यस्ताे पत्र

२०७९ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








