राइटपाथको ब्रान्ड एम्बास्डरमा पूर्व मिस नेपाल अस्मी श्रेष्ठ नियुक्त

काठमाडौँ । उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको राइटपाथ करियर काउन्सिलिङले आफ्नो ब्रान्ड एमबेस्डरमा पूर्व मिसनेपाल अस्मी श्रेष्ठलाई नियुक्त गरेकाे छ । राइटपाथले शुक्रबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ब्रान्ड एम्बेस्डरमा उनलाई नियुक्त गरेकाे जानकारी गराएकाे हाे ।
सन् २०१६ मा मिस नेपालको टाइटल जितेकी अस्मी श्रेष्ठ कुनै फिल्म वा मिडियामा देखिइनन् । तर सामाजिक सञ्जालमार्फत आफ्नो बारेमा सबैलाई अपडेट गराइरहेको उनले बताइन् । उनी मिडियामा नआए पनि सधैँ राम्रो बाटो र सही बाटोमा हिँड्न चाहेकाे उक्त कार्यक्रमका उनले बताइन् । यसै क्रममा उनी राइटपााथसंग जोडिएकी हुन् । अहिले उनी एक इन्टेरियर डिजाइनिङको काम गरिरहेकी छिन् ।
कार्यक्रममा राइटपाथका संस्थापक एवम् सिइओ फिलिप डिसीले उच्च शिक्षाका लगि राइटपाथले दिने शैक्षिक परामर्श र सेवाले विद्यार्थीलाई ‘राइटपाथ’ देखाउने भएकाेले र उनीहरूको भविष्य उज्जव बनाउन सघाउ पुर्याउने बताए ।
छोटो समयमा नै देशका विभिन्न स्थानमा राइटपाथले आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । कन्सल्टेन्सीले अहिले बानेश्वर, ललितपुर, चितवन, दाङ, बुटवल, झापा र धनकुटामा सेवा विस्तार गरिसकेको छ ।

उक्त कन्सल्टेन्सीबाट कक्षा १२ पास गरिसकेका साथै डिप्लोमा , ब्याचलर, मास्टर्स अध्ययन गर्न र विदेश जान चाहने विद्यार्थिले शैक्षिक परामर्श लिन सक्छन् । कन्सल्टेन्सीले युके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा, अमेरिका जस्ता शेक्षिक गन्तव्य भएका देशका लागि काम गर्दै आएको जनाएकाे छ ।









