निर्वाचन आचार संहितालाई धज्जी उडादै आम सञ्चार प्राधिकरण

रौतहट । चुनावमा हाती , हात्तीको बलले कमिला, कमिलाको बलले लडने गरेको मान्यतालाई मधेस प्रदेश सरकारका सुचना तथा सञ्चार मन्त्रालय मातहतका आम सञ्चार प्राधिकरण जनकपुरधामसंग मेल खान गएकोछ ।

गृह जिल्ला सप्तरीमा भारी मतले पराजय भोगिसकेका उपेन्द्र यादवको कांध थप्ने प्रयास आम सञ्चार प्रधिकरणले गरेका छन । मधेस प्रदेश सरकारको सताको मुख्य हर्ताकर्तालाई बल दिन बाराको पत्रकारलाई लक्षित गरि चुनावको मुखमा कार्यक्रम सार्वजनिक गरि निर्वाचन आचार संहितालाई धज्जि उडाने काम भएको हो ।

सो किसिमको कुनै पनि कार्यक्रम रौतहटमा न पारी गठबन्धनका उमेदवार उपेन्द्र यादवको पक्षमा बाराका पत्रकारलाई प्रभावमा पार्ने काम गरेको सहजै बझन सकिन्छ । दलिय चिन्तन तथा नेताको भजन मन्डलिको बारम्बार आरोप खेपि रहेका मिडिया प्राधिकरणको गलत निर्णय तत्कालै सच्याउन रौतहटका पत्रकारहरुले सम्बन्धित पक्षसंग अनुरोध गरेका छन् ।

कोभिड १९ मा मधेस प्रदेश भरीमा रौतहटका दुई जना पत्रकार मनोज चौधरी र रामा देवी यादवको मृत्यु हुदा आम सञ्चार प्राधिकरण तथा मधेश सरकारले चरम वेवास्ता गरेका थिए । नेपाल पत्रकार महासंघ रौतहटका पदाधिकारी तथा पिडित पक्षले स्वयं पटक पटक आग्रह अनुनय विनय गर्दा समेत नसुन्ने आमसञ्चार प्राधिकरण कुन नियतले निर्वाचन आचारसंहिता लागेको बेलामा यस्ता विभेदकारी सुचना प्रकाशन गरेका छन ।

रौतहट जिल्लालाई कुनै कार्यक्रममा न पारी विभेद नगरी के संदेश दिन खोज्दै छन । विभेदको चरम सिमापार गरेकोले खेद व्यक्त गर्नु सिवायअरु के भन्न सकिन्छ । आम सञ्चार प्राधिकरण स्थापना काल देखि रौतहटका पत्रकारसंग बारम्बार सौतेला व्यवहार गरेको धेरै उदाहरण छन ।

ब्रेन ट्युमरको उपचारमा भारतको नयाँ दिल्लीमा उपचारमा रहेका पत्रकार रामपुकार राउत तथा काठमाडौ उपचारमा रहेका पत्रकार फणिदेव महतका बारेमा कहिल्यै न सोच्ने सहयोग नगर्ने आम सञ्चार प्राधिकरण र पदाधिकारीलाई के भन्छन मधेश प्रदेशका पत्रकार नेता जस्तै तपाईहरुको सतारोहन तलब ,भता तथा सुखशयल कै लागि भएको हो ।

यस्ता विभेदकारी नीति लिई चल्ने पदाधिकारीलाई आफनो गलत क्रियाकलाप तत्काल सच्याउन पत्रकारहरुले माग गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =