उम्मेदवारी दर्तापछि रविको प्रतिक्रिया- मतान्तर कति हुन्छ भन्न सक्दिनँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू उपनिर्वाचनका लागि उत्साहित रहेको बताएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै लामिछानेले यो पटक आफूलाई केही अनौठो लागे पनि उत्साहित रहेको बताएका हुन् ।

उनले वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन-२ मा बाट उम्मेदवारी दर्ता गराएका छन् । ‘अस्ति भर्खर यही प्रक्रियाबाट गुज्रेको थिएँ । मान्छेको जीवनमा, राजनीतिक जीवनमा हुने बिरलै घटना हुन् । तात्त्विक रूपमा केही फरक छैन,’ उनले भने, ‘निर्वाचनका लागि उत्साहित छु । तर मतान्तर कति हुन्छ भनेर भन्न सक्दिनँ । यसका लागि निर्वाचनको अन्तिम परिणाम कुर्नै पर्छ । यद्यपि राम्रो हुन्छ भनेर अपेक्षा गरेको छु ।’

चितवन-२ मा प्रधानमन्त्रीको भित्री समर्थन छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले भने, ‘मलाई कसैको समर्थन छैन। कसैसँग गठबन्धन नगरी चुनाव आफ्नो बलमा जित्नुपर्छ भनेर लागेका छौँ । कसैले समर्थन गर्छ भने हामी धन्यवाद भन्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *