तनहुँ जाँदै कांग्रेस महामन्त्री गगन थापा

काठमाडौँ । आज हुन गइरहेको उपनिर्वाचनको उम्मेदवारी मनोनयनका लागि नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा नै पुग्ने भएका छन् ।

कांग्रेसले गरेको निर्णय अनुसार महामन्त्री गगन थापा तनहुँ-१ मा हुने उम्मेदवार मनोनयनमा सहभागी हुनेछन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन-२ मा हुने मनोनयन दर्तामा सहभागी हुनेछन् ।

कांग्रेसले तनहुँ-१ मा गोविन्दराज भट्टराईलाई उम्मेदवार बनाएको छ भने चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

बारा-२ मा भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन जनाउने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरेकाले सो क्षेत्रमा भने कांग्रेसको उम्मेदवार रहने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *