गर्मी याममा सर्पदंशको जोखिम बढी, सरकारको यस्तो छ तयारी

काठमाडौँ । गार्मियाममा सर्पको चहलपहल बढी देखिन्छ । सर्पको डसाइले बर्सेनि धेरै मानिसहरूले ज्यान गुमाउने गरेका छन् । तराई क्षेत्रमा यसको जोखिम सबैभन्दा बढी रहन्छ । जसमध्ये किसानहरू सबैभन्दा बढी जोखिम पर्ने गरेका छन् । तर सबै सर्पले टोकेको विष विषालु हुँदैनन् । नेपालमा ८० देखि ८९ प्रजातिका सर्प मध्ये २० प्रजाति मात्र विषालु देखिएका छन् । त्यस कारण सर्पले डस्ने बित्तिकै सर्पलाई पहिचान गर्न आवश्यक छ ।

नेपालमा गोमन, करेट, रसेल्स वाइपर र सस्केल्ड वाइपर सर्पहरू विषालु मानिन्छ । यी सर्पहरूले डसाईमा परेमा समयमा उपचार नपाए व्यक्तिको ज्यान समेत जान सक्छ । सर्पको डसाइ विष रक्तप्रणालीमा गएर मानिस वा जनावर मर्न सक्ने खतरनाक समस्यालाई सर्पदंश भनिन्छ ।

नेपालमा बर्सेनी सर्पदंशका कारण थुप्रै मानिसहरूको ज्यान जाने गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तथ्याङ्कमा वैशाखदेखि हालसम्म २४ ओटा सर्पदंशका घटनाहरू देखिएका छन् । उक्त घटनामा ६ जना घाइते र १९ जनाको मृत्यु भइसकेको छ भने २४ परिवार प्रभावित भएका छन् ।

न्यूनीकरण र जनचेतनाका लागि सरकारको तयारी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दैनिक भएका दुर्घटनाहरूको तथ्यांक सार्वजनिक गर्ने गरेको छ । व्यवस्थापनले बाढिपहिरो, हिमपात, भूकम्प, शीतलहर र आगलागी सम्बन्धी विभिन्न निर्देशिका, कार्य योजना र कार्यविधि बनाएर उक्त जोखिमहरूलाई न्यूनीकरण गर्ने गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्पदंशका घटनालाई पनि दैनिकरुपमा सार्वजनिक गर्ने गरेको छ । तर सर्पदंशका घटनालाई कम गर्न निर्देशिका, कार्य योजना र कार्यविधि बनेका छैनन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार सर्पदंश सम्बन्धी घटना स्थानीय तह र स्वास्थ्य मन्त्रालयको कार्यक्षेत्र भित्र पर्दछ ।

उनी भन्छन्, ‘सर्पदंशका सम्बन्धी उपचारका कुराहरू स्वास्थ्य मन्त्रालयको कार्यक्षेत्र भित्र पर्छ । सर्पदंश सम्बन्धी घटनालाई अहिले स्वास्थ्य मन्त्रालय र स्थानीय तहले हेरिरहेको छ ।’

उनले सर्पदंशको उपचार, जोखिम न्यूनीकरण र जनचेतनाका कार्यक्रम पनि स्थानीय तह र स्वास्थ्य मन्त्रालयले हर्ने बताएका छन् । प्रवक्ताका अनुसार गत वर्ष विपद् व्यवस्थापनले स्थानीय सञ्चार माध्यममा जनचेतनाका कार्यक्रम प्रसारण गरेका थिए । उक्त कार्यक्रम त्यत्ति प्रभावकारी नभएपछि यस वर्ष कार्यक्रमहरू सम्बन्धी योजना नबनाएको उनले बताए ।

उनी भन्छन्, ‘विपद् व्यवस्थापनले गत वर्ष स्थानीय सञ्चारमाध्यममा प्रसारण गरेका थियौँ । ती कुराहरू त्यत्ति प्रभावकारी भएन भनेर यो पटक बनाइएको छैन ।’

यस वर्ष सर्पदंश सम्बन्धी कार्यक्रम सञ्चालन नभए पनि सञ्चालन गर्न योजना बनाउने उनले बताए । उनका अनुसार सर्पदंश सम्बन्धी निर्देशिका, कार्यविधि र कार्य योजना नबने पनि स्थानीय सञ्चार माध्यममा अहिले पनि जनचेतनाका सूचनाहरू प्रसारण भइरहेको छ ।

उनी भन्छन्, ‘प्रभावित ठाउँहरूमा अहिले पनि प्रसारण भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *