धुर्मुसपछि सुन्तलीको बिलौना- ‘इनबक्समा नग्न तस्बिरहरू आए, तुच्छ गालीको वर्षात भयो’

काठमाडौँ । कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले आफू विक्षिप्त भएको बताएकी छन् । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’की पत्नी सुन्तलीले सामाजिक सञ्जालमार्फत आफू विक्षिप्त भएको बताएकी हुन् ।

चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा गालीको वर्षा भइरहेको र त्यसले आफू विक्षिप्त भएको उनले दुखेसो गरेकी छन् । ‘मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ, विभिन्न तुच्छ गालीको वर्षात भइरहेको छ’, उनले लेखेकी छन्, ‘म पनि मान्छे हुँ, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’

धुर्मुस केही समय धैर्य गर भन्दै गर्दा आफू सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आएको पनि उनले उल्लेख गरेकी छन् । ‘अब सुन्ने र सहने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय ! तर जे गर्छौ छिटो गर,’ सुन्तलीले अगाडि भनेका छन् ।

केही दिनअघि धुर्मुसले राज्यको असहयोगका कारण रङ्गशाला निर्माण अलपत्र परेको भन्दै भिडिओ सन्देश जारी गरेका थिए ।

यो पनि : धुर्मुस भन्छन्- क्रिकेट रंगशाला अलपत्र पर्दा मेरो परिवार पलपल मरिरहेछ (भिडिओ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *